ट्रफी लिएर मलेसियाबाट फर्किने विश्वास छ : रुविना क्षेत्री
नेपाली राष्ट्रिय महिला टोली मलेसियामा जुन १७ देखि २५ तारेखसम्म आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपको तयारीमा छ ।
महिला टी–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय टोलीले र्कीतिपुर मैदानमा प्रशिक्षण गरिरहेको छ ।पछिल्लो पटक सम्पन्न युगाण्डासँगको श्रृंखलामा भएका कमी कमजोरी सुधार गर्न टोली तल्लिन छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्ता रुबिना क्षेत्रीले यसपटक मलेसियाबाट खाली हात नआउने बताइन् ।