छनोट नजिक युक्रेन विश्वकप
युक्रेन यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को छनोट नजिक पुगेको छ । युरोपेली विश्वकप छनोट अन्तरगत सेमिफाइनलमा स्कटल्यान्डलाई ३-१ ले पराजित गरेको हो ।
युक्रेनका लागि आन्द्री यारमोलेन्को, रोमन यारेमचुक र आर्टेम डोभबयकले गोल गरे । खेलको ३३औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई सुरुवाती अग्रता दिलाए । ४९औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै युक्रेनको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा कलुम म्याकग्रेगरले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अर्टिमले ओलेक्सन्डर जिनचेन्कोको पासमा गोल गर्दै युक्रेनलाई सहज जित दिलाए ।
अब प्लेअफ फाइनलमा युक्रेनले आइतबार वेल्सको सामना गर्नेछ । मार्चमा हुनु पर्ने खेल युक्रेनमाथि रुसको आक्रमणपछि अहिलेका लागि सारिएको थियो ।