असार १५ दहि चिउरा खाने दिन
भनिन्छ मानो रोपेर मुरी उबजाउने दिन भनेर आजको यहि दिनअसार १५ गतेलाई चिनिन्छ। हाम्रो नेपाली समाजमा परम्परा देखि चलि आएको चालचलन सबै जना भेला भएर दहि चिउरा खाने र बाजा गाजाका साथ खेतमा हिलोमा लड्दै पड्दै साथिभाई आफ्ना आफन्तका साथमा रमाईलो गर्दै रमिने दिन । सांस्कृतिविद्घका अनुसार समयमानै रोपाई सकेको खुसियालिमा दहि चिउरा खाइन्छ , भन्ने मान्यता रहेको पाईन्छ । नेपाली समाजमा गाईलाई लक्ष्मीको रुपमा पूजा गर्नै चलन भएकाले ,गाईको दुधबाट बनेको दहि र धानबाट बनेको चिउरा खायौ भने वर्ष भरि एकदमै राम्रो हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । वषौ भरिको दुखहरुलाई भूलेर रमाउने दिन भनेर पनि चिनिन्छ असार १५ गतेलाई ।