नेपालको स्वभाविक नतिजा एसियन कप छनोटमा
एसिया महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले खेलेका तीनवटै खेलमा हार व्यहोर्यो ।
छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्दा नै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल एसिया कपमा छनोट हुन सक्दैन भनेका थिए । आफैँ मनोविज्ञानका विद्यार्थी बताउने उनले खेलाडीमा पर्न सक्ने मनोवैज्ञानिक असरको बारेमा ख्याल नगरेको भन्दै आलोचना समेत भयो ।