स्थायी रुपमा लागू फुटबलमा पाँच खेलाडी परिवर्तनकाे नियम
कोरोना महामारीपछि प्रयोगमा आएको फुटबल खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम अब स्थायी रुपमै लागू हुने भएको छ ।
कोरोनाका बेला विश्वभरका फुटबल खेलहरुमा ५ खेलाडी परिवर्तन गरिन थालेको थियो । विश्व फुटबल समुदायबाट त्यसको समर्थन भएको फिफाको अध्यक्ष जियानी इन्फान्टिनोले बताए । त्यसअघि एक खेलमा ३ जना मात्र परिवर्तन गर्ने व्यवस्था थियो ।