नेसन्स लिग : फ्रान्समाथि डेनमार्कको पुनरागमन जित, अष्ट्रियाले हरायो क्रोएसियालाई
यूईएफए नेसन्स लिगमा फ्रान्स र क्रोएसिया पराजित भएका छन् । लिग ए को समूह एक अन्तर्गत शनिवार भएको खेलमा फ्रान्स डेनमार्कसँग २-१ ले पराजित भएको हो ।
आन्द्रेस कोर्नेलियसले दोस्रो हाफमा दुई गोल गरेपछि डेनमार्ककले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो । कोर्नेलियसले ६८औं र ८८औं मिनेटमा गोल गरे । त्यसअघि करिम बेन्जेमाले ५१औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएपनि कायम राख्न सकेन ।