जीवनभर बार्सिलोनाबाटै खेल्न फाती चाहन्छन्
अंशु फातीले आफ्नो वर्तमान र भविष्य सबै बार्सिलोनामै रहेको प्रष्ट पारेका छन् । स्पेनिस युवा स्टार फातीले प्रष्ट सन्देश दिएका छन्–उनी क्याम्प नोउमा सफल हुन चाहन्छन् ।फाती पीएसजीजस्ता अन्य टिमसँग कुराकानीमा रहेको अफवाहका बीच उनले बार्सिलोनाबाहेक अन्य टिमबारे नसोचेको बताएका हुन्
क्यानल प्लससँगको अन्तर्वार्ताका क्रममा फातीले लिग १ च्याम्पियनसँग सम्झौतानजिक पुगेको हल्लालाई निराधार भनेका छन् । ‘के पीएसजी मलाई अनुबन्ध गर्न चाहन्छ ? मलाई यसबारे वास्तवमै थाहा छैन । यो कुरा मेरो एजेन्ट र अभिभावकलाई मात्र थाहा हुन्छ,’ फातीले धनेका छन्, ‘सुरुदेखि नै मैले एजेन्ट र मेरो बुबालाई आफ्नो उद्देश्यबारे प्रष्ट पारको छु । म अहिले पनि स्पष्ट छु । मेरो सम्पूर्ण करिअर नै यहीँ हुनसक्छ ।’चोटका कारण दुई वर्षको अन्तरालमा पहिलोपल्ट फातीले स्पेनिस राष्ट्रिय टोलीका लागि सोमबारदेखि अभ्यास सुरु गरेका छन् ।
लियोले बार्सिलोनाका लागि धेरै कुरा दिएका छन् । उनलाई अर्को क्लबमा देख्न कसैले मन पराउँदैनन् । मलाई आशा छ उनका लागि सबैकुरा ठीक हुँदै जानेछ ।’चोटग्रस्त हुनु हरेक खेलाडीका लागि कठिन परीक्षा हो ।