हैदारावाद पराजित कोलकत्ताको छैठौं जित
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले छैठौ जित निकालेको छ।पुनेमा शनिबार राति सम्पन्न खेलमा सनराईजर्स हैदरावादलाई ५४ रनले हराउँदै कोलकत्ताले प्लेअफ सम्भावना जिवितै राखेको हो।
कोलकत्ताले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो।
हैदरावादका लागि अविशेक शर्माले सर्वाधिक ४३ रन जोड्दा एडिन मार्क्रमले ३२ रन बनाए। शशांक सिंहले ११ रन जोड्दा बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।त्यसअघि पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो।