फेयर ब्रेकमा प्रभाव छाड्दै नेपालकी सीता राना मगर
युएईको दुबईमा भइरहेको फेयरब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिमकी अलराउण्डर सीता राना मगरले उत्कृष्ट प्रदर्शन गरेकी छन् ।
नेपालबाट कप्तान रुविना क्षेत्री र सीता यस प्रतियोगितामा छानिएका थिए । तर सीताले लगातार तीन खेल खेल्दै दोस्रो पटक विकेट लिन सफल भइन् । रुविनाले भने एक खेलमा अवसर पाएपनि ब्याटिङ र बलिङ गर्न पाएकी छैनन् ।
सीताले तीन खेल खेल्दा तीनवटै खेलमा बलिङ गरिन् भने दुई खेलमा विकेट लिइन् ।
संयोग कस्तो भए पछिल्लो खेल सीता समावेश टोर्नाडोज र रुविना समावेश ब्रामी आर्मीबीच थियो । उक्त खेलमा सीता पहिलो रोजाइमा खेल्दा रुविना भने बेन्चमा थिइन् । सीताले आफ्नो टिमका लागि एक विकेट लिइन् । तर खेल भने रुविना सम्मिलित ब्रामी आर्टी टिमले जित्यो ।