मुम्बईलाई कोलकाताले हरायो, प्लेअफमा पुग्ने सम्भावना कायमै
इण्डियन प्रिमियर लिग (आईपीएल)मा खराब प्रदर्शन गर्दै आएको मुम्बई इण्डियन्स सोमबारको खेलमा पनि पराजित भएको छ । उसलाई कोलकाता नाइट राइडर्सले ५२ रनले हराएको छ ।
यो जितसँगै १२ म्याचबाट १० अंक बनाएको कोलकाताको भने प्ले अफमा पुग्ने सम्भावना कायमै छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । वेंकटेश अय्यर र अजिक्य रहाणेले पहिलो विकेटका लागि ५.४ ओभरमा ६० रनको साझेदारी गरेका थिए । अय्यरले २४ बलमा ४३ रन र रहाणेले २५ रन जोडेका थिए । नितिश राणाले २६ बलमा ४३ रन बनाए ।