म्यानचेस्टर सिटीका डी ब्रुयना प्रिमियर लिग सिजनकै उत्कृष्ट खेलाडी बने
म्यानचेष्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना प्रिमियर लिग २०२१-०२२ सिजनको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
३० वर्षीय डी ब्रुएना प्रिमियर लिगको वेवसाइटमा समर्थकले गरेको मत, लिगका २० क्लबको कप्तान र फुटबल प्यानल एक्सपर्टको मतका आधारमा विजेता बनेका हुन् ।
ब्रुएनाले आफ्नै टिमका जाओ कान्सेलो, लिभरपुलको मोहमद सलाह, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, वेष्टह्याम जारोड बोवेन, आर्सनलका बुकाया साको, टोटनहमका हेउन मिन सन र साउथह्याम्पटनका जेम्स वार्ड प्रोवसलाई पछि पारेका हुन् ।
डी ब्रुयना एक पटक भन्दा बढी प्रिमियर लिगको उत्कृष्ट खेलाडी जित्ने थियरी हेनरी, क्रिस्टियानो रोनाल्डो र नेमान्जा भिडिजको समूहमा समावेश भएका छन् ।
यसैगरी सिटीकै युवा मिडफिल्डर फिल फोडेन उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । उनी लगातार दुई पटक यो अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।इंग्ल्याण्डका खेलाडी फोडेनले ९ गोल गर्नुका साथै पाँच असिस्ट गरेका छन् ।