मुम्बईसँग दिल्ली पराजित हुँदा प्लेअफमा बेंगलोर
भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को प्लेअफ समिकरण पुरा भएको छ।समूह चरणको अन्तिम तथा निर्णायक खेलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पराजित भएसँगै रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफमा पुग्ने अन्तिम टोली बन्यो।
निर्णायक खेलमा दिल्ली मुम्बईसँग ५ विकेटले पराजित भएसँगै बेंगलोर १६ अंकका साथ अन्तिम चारमा रहँदै प्लेअफमा पुगेको हो ।
जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो। मुम्बईको जितमा ओपनर ईशान किशनले सर्वाधिक ४८ रन बनाए। युवा ब्याटर डेवाल्ड ब्रेभिसले ३७ रन जोड्दा टिम डेविडले ३४ तथा तिलक बर्माले २१ रन बनाए।
रमनदीपसंहले १३ रन बनाउँदा कप्तान रोहित शर्मा २ रनमा आउट भए।दिल्लीका लागि शार्दुल ठाकुर र एनरिच नोर्कियाले २-२ तथा कुलदीप यादवले १ विकेट लिए।