पहिलो संस्करणको कन्फेरेन्स लिगको उपाधि रोमाले जित्यो
इटालियन क्लब रोमाले पहिलो पटक आयोजना भएको यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । यूईएफएले यसै सिजनदेखि तेस्रो श्रेणीको क्लब फुटबल सुरु गरेको थियो ।
बुधबार राति भएको कन्फ्रेन्स लिग फाइनलमा रोमाले डच क्लब फेयेनुर्डलाई १-० ले हराएर च्याम्पियन बनेको हो ।अल्वानियाको तिरानास्थित एरेना कोम्बेटारेमा भएको फाइनलमा रोमालाई जित दिलाउन ३२औं मिनेटमा निकोला जानिलाले गोल गरे ।