फेरि पराजित नेपाल
अन्तिम ओभरको खेलमा फिल्डिङ फितलो भएपछि नेपालले युगान्डाविरुद्धको पाँच खेलको टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा पनि पराजित भएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार सम्पन्न खेलमा नेपाल युगान्डसँग १ विकेटले पराजित भएको हो।
नेपालले दिएको १ सय २ रनको लक्ष्य पछ्याएको युगान्डाले ९ विकेटको क्षतिमा एक बल बाँकी रहदा लक्ष्य भेट्टायो। युगान्डाकी जनेत एम्बाबाजीले दुई विकेट लिँदा कोन्की अवेको, इभेल्यान अन्यिपो र रिता मुसामालीले समान एक एक विकेट लिए । पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको नेपाल यसअघि भएको पहिलो खेलमा १२ रनले पराजित भएको थियो।