काजकिस्तानसँग फराकिलो अन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल
एएफसी फुटसल एसियन कप छनोटमा नेपाल दोश्रो खेलमा ताजकिस्तानसँग ११–१ ले पराजित भएको छ । ताजकिस्तानसँग पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो ।
ताजकिस्तानका लागि सर्डोरोभ फेजली, हालीमोभ सबोट,योरोभ इद्रिस र रिजमोभ सामन्दरले २/२ गोल गर्दै नेपाललाई पछि पारेका हुन् ।
खेलको पाँचौ मिनेटमा योरोभ इद्रिसले ताजकिस्तानका लागि पहिलो गोल गरेका हुन् । त्यस्तै कुजिभ उमिदले २१ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।
खेलको ३१ औं मिनेटमा सर्डोरोभ फेजलीले तेस्रो गोल गरेका हुन् । खेलको ३२ औ मिनेटमा नेपालले आत्मघाती गोल खायो । सर्डोरोभ फेजलीले हानेको बल रोक्न खोज्दा सरोज तामाङले आफ्नै पोष्टमा प्रहार गरेका हुन् ।