मुम्बई इन्डियन्सको खराब कीर्तिमान
इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टोली हो मुम्बई इन्डियन्स । अहिलेसम्म १४ संस्करण आयोजना हुँदा मुम्बईले सर्वाधिक ५ पटक उपाधि जितिसकेको छ । चेन्नई सुपर किंग्सले ४ पटक जितेको छ ।
तर भारतीय कप्तान रोहित शर्माकै नेतृत्वमा रहेका मुम्बईले यस पटक भने पुरानो लय देखाउन सकेको छैन । मुम्बईले यस सिजन सुरुवाती ६ खेलमा लगतार हार बेहोरेको छ । अहिलेसम्म ६ खेलबाट मुमुबई अंकविहित हुँदै पूछारमा छ । मुम्बई मात्र त्यस्तो टोली हो जसले यस सिजन अंक जोडेको छैन ।
यसअघि दिल्ली र बेंगलोरले सुरुवातको ६ खेल हारेपछि सातौँ खेलमा पुगेर पहिलो जित निकालेका थिए ।
अब यस पटक एक्लै खराब कीर्तिमानबाट बच्ने हो भने मुम्बईले आउने बिहीबार नाभी मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा हुने चेन्नई सुपर किंग्स विरुद्धको खेल जित्नैपर्नेछ । साविक विजेता चेन्नईले पनि यस पटक बिर्सनलायक सुरुवात गरेको छ । चेन्नईले ५ खेल खेल्दा जम्मा १ खेल जित्दै दुई अंक जोडेर अंकतालिकामा मुम्बई भन्दा मात्र अघि छ ।
लगातार हारपछि कप्तान रोहित शर्माले यसको पूरा जिम्मेवारी आफैँ लिने र अबको खेलमा टिममो रुपमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
यस्तै मुख्य फास्ट बलर जसप्रित बुमराहले पनि टिम अहिले राम्रो अवस्थामा नरहेको र सबैजना निराश रहेको बताएका छन् । साथै उनले जीवन नै नसकिएको भन्दै अब आउने खेलमा राम्रो प्रदर्शन गर्ने बताए ।