च्याम्पियन्स लिग : सिटीले रियललाई ४-३ ले हरायो
इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिडलाई ४-३ ले पराजित गरेको छ ।
सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा गोलको वर्षा हुँदा सिटीले दोस्रो लेगमा मड्रिड भ्रमण गर्नुअघि एक गोलको अग्रता कायम गर्न सफल भएको छ ।
फर्ममा रहेको करिम बन्जेमाले दुई गोल गरेपनि रियलाई हार टार्न पर्याप्त भएन ।
घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै केभिन डे ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने गाब्रीएल जेससले ११औं मिनेटमा अग्रता दोब्बर पारे ।