धनगढीका मेयर उम्मेदवार हमालको चुनाव चिह्न आँप
सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न ‘आँप’ पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले शनिबार हमाललाई ‘आँप’ चुनाव चिह्न प्रदान गरेको हो ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए ।