सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने
सन् २०३२ को ओलम्पिक गेम्स अस्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) का अनुसार अस्ट्रेलियामा तेस्रो पटक ओलम्पिक हुने पक्का भएको हो। यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ओलम्पिक आयोजना भएको थियो।
टोकियोमा बुधबार सन् २०३२ को ओलम्पिक आयोजक छान्न भएको भोटिङमा ब्रिसबेनको पक्षमा बढी मत आएको हो।
यो ओलम्पिकका लागि ५ बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।