दोहोरो अंकले सेयर बजार बढ्यो , साढे ७ अर्बको कारोबार
सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १७.२० अंकले बढेर दुई हजार ६९१.५५ अंकमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ अंकले बढेर ४८०.२९ अंकमा पुगेको छ । सोमबार २१६ कम्पनीको कारोबार भएको नेपाल एक्सचेन्ज नेप्सेमा एक करोड ३६ लाख ३२ हजार ८ सय कित्ताको ७ अर्ब ५० करोड ४७ लाख २१ हजार ७२९ रुपैयाँमा किनबेच भएको छ । आज नेप्सेमा सूचीकृत भएका १३ सब इन्डेक्समध्ये ७ को सेयर बजार बढेको छ भने बाँकी ६ उपसमूहहरु ओरालोमा लागेका छन् ।
बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बिमा कम्पनी १६३.७८, उत्पादनमुलक १४.०६, लघुवित्त १८८.५६, जीवन बिमा १९७.७९ र सामुहिक लगानी कोषको सेयर ०.०२ अंकले बढेको छ । त्यस्तै व्यावार समूह ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी समूहको ०.३३ अंकले घटेको छ । आज पाँच कम्पनीको सेयर बजार सकारात्मक सर्किटको लेभलमा छन् । त्योमध्ये पनि सबैभन्दा माथि एनआइसी एसिया लघुवित्तको ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै महिला लघुवित्त वित्तीय संस्थाको ९.९५, छयान्दी हाइड्रोपावरको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।