विद्यालय र भीडभाडयुक्त क्षेत्र पुनः बन्द गर्न मन्त्रालयको सिफारिस
पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउनका लागि विद्यालयलगायत भीडभाड क्षेत्र बन्द गर्न मन्त्रालयले बिहीबार सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विद्यालय बन्द गर्नुपर्छ र पठनपाठन अनलाइनबाट गर्नुपर्छ । स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरे कोरोना संक्रमण बढ्ने भएकाले पुनः विद्यालयलगायत भीडभाड क्षेत्र बन्द गर्नका लागि सिफारि गरिएको उनको भनाइ छ ।
सिसिएमसीलाई भीडभाड हुने क्षेत्र विद्यालयल, सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताएका छन्।
कोरोना संक्रमणका कारण केही महिनादेखि सञ्चालनरत विद्यालयहरु पुनः बन्द हुने भएका छन् । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।