विद्यार्थीलाई कोरोनाविरूद्ध खोप माग्दै नेविसंघको प्रदर्शन
विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन सरकारले प्राथमिकतामा राख्नुपर्ने मागसहित नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ।
नेविसंघ महामन्त्री दीपक भट्टराईले जोखिममा रहेका विद्यार्थीलाई पनि कोरोनाविरूद्ध खोप लगाउन ढिलाइ गर्न नहुने भएकोले सरकारलाई खबरदारी गर्न प्रदर्शन गरिएको बताए।
नेविसंघले माइतीघर मण्डलमा बिहीबार दिउँसो नाराबाजीसहित प्रदर्शन गरेका हुन्। उनीहरूले विद्यार्थीहरू पनि कोरोनाविरूद्ध खोपको प्राथमिकतामा पर्नुपर्ने बताएका छन्।
उनीहरूले ‘सरकार कहिले आउँछ खोप लगाउने हाम्रो पालो, स्कूल/कलेज खुल्यो कहिले आउँछ खोप लगाउने पालो’ जस्ता नारा लेखेका प्लेकार्ड लिएर प्रदर्शन पनि गरेका छन्। सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीहरूलाई र दोस्रो चरणमा सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरू लगायतलाई कोरोनाविरूद्ध खोप दिएको छ।