अमेरिकी पप गायिका रिआनाले किसानहरुको समर्थनमा ट्वीट गरेपछि भारतको कडा प्रतिक्रिया
अमेरिकी पप गायिका रिआनाले भारतका किसानहरुको समर्थन गरेकी छन् ।
नोभेम्बरदेखि विरोध प्रदर्शन गरिरहेका किसानहरूका समर्थनमा रिआनाले ट्वीट गरेपछि भारतले विदेशी व्यक्तिहरू र चर्चित व्यक्तित्वले सोबारे अनावश्यक उचालेको प्रतिक्रिया दिएका छन् ।
रिआनाको ट्वीटपछि युवा जलवायु अभियन्ता ग्रेटा थुन्बर्ग र अमेरिकी उपराष्ट्रपतिकी भतिजी मीना ह्यारिसले पनि किसानको समर्थनमा ट्वीट गरे। उक्त ट्वीटहरू चर्चित भएका छन् ।