युभेन्टसको जित
इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टसले सस्सुमाथि सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा युभेन्टसले सस्सुलोलाई ३-१ गाेल अन्तरले पराजित गरेकाे हाे ।
घरेलु मैदानमा युभेन्टसले १० खेलाडीमा समेटिएको युभन्टेसलाई सहज जित दिलाउनकाे लागि डानिलो, आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले गोल गरे । सस्सुलोका ग्रिगोइरे डिफ्रिलले गरेको गोल सान्त्वना बन्यो । सबै गाेल दाेस्राे हाफमा सम्भव भएकाे थियाे ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिदा सस्सुलो पहिलो हाफको अन्त्यतिर १० खेलाडीमा समेटिएको थियो । फेडरिको चिइसामाथि खराव ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेड्रो ओवियाङलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थियो ।
५०औं मिनेटमा डानिलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ५८औं मिनेटमा ग्रिगोरेले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ८२औं मिनेटमा आरोन राम्सीले गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । उनले जियानलुका फ्राबोट्टाको पासमा गोल गरेका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रोनाल्डोले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ३-१ को सहज जित दिलाए । यो जितसँगै युभेन्टस १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
पराजित सस्सुलो २९ अंकसहित सातौ स्थानमा छ । युभेन्टस एक खेल बढी खेलेको शीर्षस्थानको एसी मिलानसँग ७ अंकले पछि छ । दोस्रो स्थानको इन्टर मिलानसँग ४ अंकले तथा तेस्रो स्थानको रोमासँग १ अंकले पछि छ ।