विद्यालय खोल्ने CCMC को निर्णय बारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
कोरोना भाइरस सङ्क्रमण फैलिने जोखिमका कारण १० महिनादेखि बन्द रहेका विद्यालयहरु अब खोल्न दिने सरकारले निर्णय गरेको छ। कोभिड १९ संकट ब्यवस्थापन समितिले स्वास्थ्य सावधानी अपनाउँदै अब विद्यालय सञ्चालन गर्नुपर्ने सिफारीश गरेको छ । तर कतिपय अभिभावक र शैक्षिक अभियन्ताहरुले अहिले नै विद्यालय खोल्न हतार हुने बताएका छन् ।
शैक्षिक सत्र खेर जान सक्ने अवस्था र जाडो बढेसंगै कोरोनाको जोखिमले अग्रता लिएको समयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ३० वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरुले विद्यालय खोल्दा कस्तो सावधानी अपनाउनु पर्ला, कोरोनाको कारण पठनपाठन प्रभावीत भएको अवस्थामा यो शैक्षिक सत्र सम्पन्न होला जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :