अभद्र व्यवहारको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ
(काठमाडौं) अभद्र व्यवहार गरेको आरोपमा रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार अभद्र व्यवहार गरेको आरोपमा विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।
आचार्यविरुद्ध त्यही अध्ययनरत छात्राले अभद्र व्यवहार गरेको भन्दै उजूरी गरेपछि उनलाई पक्राउ गरेको विष्टको भनाइ छ ।
‘अभद्र व्यवहार भएको भन्दै त्यही अध्ययनरत छात्राले जाहेरी दिनुभयो’, प्रवक्ता विष्टले भने, ‘त्यसका आधारमा हामीले सोमबार उहाँलाई नियन्त्रणमा लिएका छौँ ।’
प्रवक्ता विष्टका अनुसार आचार्यमाथि अनुसन्धान सुरु भएको छ।