अस्थिरता बिरुद्दआम नागरिक ले यसो पाे गर्ने होकी!
एकाइसौं सताब्दी को पहिलो चौथाँस को अंतिम मा आईपुग्दा आम नेपाली जनता राजनैतिक बिलखबन्दमा छन्। वि सं १८२५ देखि आधुनिक राज्य व्यवस्था मा नेपाल प्रवेश गरेको मान्ने हो भने त्यो मिति देखि आज सम्म थुप्रै अविवेकी राजनैतिक घटना घटेको छ। ती सबै घटना को कारण कहिल्यै पराधीन नभएको भनिने नेपाल सधैं पराधीन देखिन्छ। नेपाल को स्वाधिनताका लागि सधैं भरी आम जनता नै लागिपरे, तर यसबाट प्राप्त अधिकार को उपयोग सधैं भरी केही जात र वर्ग का व्यक्ति र परिवार ले मात्र गरे फलस्वरुप ति व्यक्ति र परिवार को सनक मा उथलपुथल हुने बित्तिकै राज्य व्यवस्था र प्रणाली को बेवास्ता गर्दै आम जनता लाई बिलखबन्दमा पर्ने गरी राजनैतिक कदम चाल्ने काम साशक हरुले गरेका छन्।
यस कार्य मा सामन्ती शासक, राजा, प्रजान्त्रबादी र कम्युनिस्ट भन्ने नेता कोही पनि अछुतो रहेन। यद्यपि तिनका पछाडि यो वा त्यो भन्दै आम नागरिक अगुवा र तिनका कार्यकर्ता पनि पछाडि लागिनै रहे, जसको कारण अविवेकी राजनैतिक कदम उठाउने शासक हरु ले आफूले उठाएको गलत कदम को भागीदार कहिल्यै हुनु परेन तर त्यस्ता कदम को आम असर चाहिँ आम नागरिक मा परिरह्यो र नागरिक हरु पटके रूपमा निरास भै रहे।
एकाइसौं सताब्दी को मुख्य आधार भनेको पारदर्शिता, सुनिश्चितता र नागरिक स्वतन्त्रता हो। तर नागरिक हस्तान्तरित सार्वभौम अधिकार प्राप्त गरिसकेपछि निश्चित जात र वर्ग का नेताहरु ले ति आधारहरुबिर्सिदै आफुकेन्दृत शासन गर्ने संस्कृति पछ्याउँदै आए अनि हाम्रो देश सधैं भरि अस्थिरता बाट प्रताडित हुँदै आइरहेको छ। अब यसको समाधान के हो त भन्ने कुरा मा हामी आम नागरिक साँच्चिकै एकाइसौं शताब्दी को सचेत नागरिक भएर सोच्न ढिला गर्नु हुँदैन। उनीहरू भन्नु को सट्टा हामीहरु भन्ने भावना को विकास गरी आम जनता ले नेतालाई सच्याउने काम अगाडि बढाउनु पर्छ। नागरिक का मांग हरु प्रश्तुत गर्दै नेता का घमण्ड तोड्नु पर्छ। भ्रस्ट नेतृत्व को विस्थापन गर्दै आम जनता लाई आशावादी बनाउनु पर्दछ। यसो गर्न सकियो भने आधुनिक नेपाल को सुरुवात देखि आज सम्मका अविवेकी राजनैतिक कदम बाट हाम्रो देसलाई जोगाउन सकिन्छ।
अन्यथा कहिल्यै पराधीन नभएको भनिने हाम्रो देश सधैं पराधीन नै रहनेछ।