रियल म्याड्रिड बराबरीमा रोकियो
स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएकाे खेलमा रियल म्याड्रिड इल्चेसँग १-१ गोलको बराबरी खेलेको हो ।
पाहुना टोली रियलले शुरुवाती अग्रता लिएकाे थियाे । खेलकाे २०औं मिनेटमा क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए ।
५२औं मिनेटमा इल्चेले पेनाल्टी गोलमार्फत खेललाई १-१ गोलको बराबरीमा ल्याए । ड्यानी कार्भाहलले पेनाल्टी बक्समा बारागानलाई तान्दै लडाएपछि रेफ्रीले इल्चेलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा फिडेल चाभेसले गोल गर्न सफल भए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा खेल बराबरीमा सकियाे ।
रियल १६ खेलबाट ३३ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा एट्लेटिकोले १४ खेलबाट ३५ अंक जोडेको छ । रियललाई बराबरीमा रोकेको इल्चे १६ अंक जोडेर १५औं स्थानमा छ ।