चेल्सी र लेस्टर बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाबीचको खेल बराबरीमा सकिएको छ । साेमबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १-१ गोलको बराबरी खेल्दै अंक बाँढेको हो ।
घरेलु टोली चेल्सीले खेलको ३४औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए । ५०औं मिनेटमा अनवर इल घाँजीले गोल गर्दै खेललाई १–१ को अवस्थामा ल्याए । उनले माटी कासको पासमा गोल गरेका थिए ।
यो बराबरीले चेल्सी १६ खेलबाट २६ अंक जोडेर छैटौ स्थानमा उक्लदा १४ खेल खेलेको भिल्लाले पनि २६ अंक जोडेर गोल अन्तरमा पाँचौ स्थानमा रहेको छ ।