यस वर्षको एसईई आगामी जेठमा हुने
(काठमाडौँ) यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी त्यसको तयारी सुुरु गरेको छ ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अहिलेसम्मको अवस्था हेर्दा जेठसम्म परीक्षा गर्न सकिने सम्भावना देखिएकाले तयारी थालेको जानकारी दिनुभयो ।
चैत(वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार/साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षाका लागि उपयुक्त हुने देखिएको उहाँले बताउनुुभयो ।