विधि र पद्धति का लागि नयाँ पुस्ताको हस्तक्षेप।
नेपाल कम्युनिस्ट पार्टी को निर्माण विधि र पद्धति को कण्ठस्त रटान भन्दा पनि विधि र पद्धति को प्रणालीगत स्थपना र अनुसरण का लागि भएको हो।
लोकतान्त्रिक गणतन्त्र स्थापना पछि यसका सम्बाहक राजनैतिक पार्टी का नेताहरुको स्वेच्छाचारी संस्कृति र भौतिक विलास आम जनता को संस्कृति र आधारभूत विलास संग अति मेल नखाएको हुनाले आम मानसपटल मा लोकतान्त्रिक व्यवस्था प्रति निरास प्रकट भएको छ, जुन कुरा लाई वैज्ञानिक समाजवाद का सर्जक काल मार्क्स ले विकृत पुँजीवाद मा केही व्यक्तिहरूको स्वेच्छाचारिता ले गर्दा जस्तो सुकै राम्रो सासन व्यवस्था भए पनि आम निरासा जागृत हुन्छ भन्ने भनाई संग युक्ति संगत देखिन्छ। अहिलेको राजनैतिक सामाजिक आर्थिक व्यवस्था विश्व प्रणाली बाट आइसोलेसन हुन सक्दैन। यद्यपि आज भोलि आइसोलेशन लाई एक मात्र विधि को रूप मा अगाडि सारिएको छ। अर्थात कोभिड १९ का कारण यो विषाणु को फैलावट लाई रोक्न आइशोलेशन विधि को विकास भए सँगै राजनैतिक नेता, आर्थिक उद्यमी, सामाजिक अभियन्ता हरु आफूलाई कोरण संक्रमण भएको जस्तै गरी आआफ्नो कर्तब्य बाट आइसोलेशन मा गएको देखिन्छ।
जुन कुरो विधि र पद्दति को विपरीत देखिन्छ। कोरोना संक्रमण पछि पो आइसोलेसन मा बस्नु पर्ने, यँहा त विधि र पद्धति को सुगा रटाइ को कारण राजनैतिक नेताहरु एक अर्का बिच आइसोलेसान बस्न चाहेको जस्तो देखिन्छ। सूचना प्रविधिको साम्राज्य का कारण सूचना को बाढी तर ज्ञान को संकट बाट हाम्रो जीवन पद्धति गुज्रिरहेको बेला राजनीतिक पार्टी को विधि र पद्धति का नाम मा पार्टी को सर्वोच्चको अंग मा छलफल का लागि नेताहरु आईसोलेशन हुन्छन् अनि छलफल को प्रस्ताव लाई अभियोग पहिर्याई सम्बन्ध विच्छेद गर्न लागेको श्रीमान् श्रीमती ले अदालत परिसर मा एक अर्कालाई तथानाम गालि गरे जस्तो गरी अभियोग पत्र बनाइन्छ अनि फेरि विधि र पद्धति को कुरा गरिन्छ। के विधि र पद्धति भनेको व्यक्ति को स्वेच्छाचारिता हो र! अनि एक राजनीतिक पार्टी का मुख्य नेता ले अर्का मुख्य नेता लाई लगाएको अभियोग पत्र सञ्चार माध्यम मा सूचना बाढी र ज्ञान कमी को रूप मा फैलिएपछि अर्का प्रतिपक्षी पार्टी का नेता ले गाउँ मा कटुवाल ले उर्दी लगाए जस्तो गरी त्यही अभियोग बिल्कुलै ठीक साँचो हो भनी उर्दी लगाउनु विधि र पद्धति भित्रै पर्छ र! यदि यस्ता कुरा विधि र पद्धति भित्र पर्छ भन्ने हो भने राजनैतिक इमान्दारीता र नैतिकता को कुरा गर्नु बेकार छ।
तथापि नैतिकता र इमान्दारीता मा वेपर्वाह गिरावट का कारण हाम्रो राजनीतिक आन्दोलन र त्यस बाट प्राप्त अद्वितीय उपलब्धि नै दुर्गन्धित बनाइएको छ। अब गाँठी कुरा गरौं। लोकतान्त्रिक व्यवस्था मा प्रतिपक्षी राजनीतिक पार्टी ले सासन व्यवस्था र सार्वजानिक सेवा प्रवाहका विषय वस्तु प्रभावकारी स्तर मा उठाउन नसक्दा सत्तारुढ पार्टी र त्यसका सिर्षस्थ नेताहरूमा स्वेच्छाचारिता विकास हुन्छ, जुन कुरा लोकतान्त्रिक व्यवस्था को पिलो खटिरो हुन्छ। अहिले हाम्रो सासन व्यवस्था मा दिशाहीन र कमजोर प्रतिपक्षी अनि सतारुढ पार्टी का स्वेच्छाचारी नेतृत्वको को कारण विधि र पद्दति को अपव्याख्या भै रहेको छ। विधि र पद्धति लाई आफू अनुकूल परिभाषित गर्ने भरमग्दुर प्रयास राजनैतिक पार्टी का सिर्षथ नेता र तिनका अन्धभक्त बाट भरहेको छ।
यदि यस्तै भै रहने हो भने भविष्य का पुस्ता ले विधि र पद्धति भनेको समाज संचालन को एक क्लिष्ट माध्यम हो भन्ने कुरा बुझ्नु पर्ने मा यो त स्वेच्छाचारी र व्यक्तिगत लहड हो भन्ने कुरा बुझ्न गई हाम्रो सामाजिक, राजनीतिक, आर्थिक लगायत सबै विषय वस्तु दिग्भ्रमित हुन जान्छ। तसर्थ आज भोलि जस जसले विधि र पद्दति को कुरा गरी राजनैतिक, सामाजिक र आर्थिक क्षेत्र मा दिग्भ्रमित गर्ने प्रयास गरेको छ त्यस त्यसलाई विस्थापित गर्न नया पुस्ता ले क्षमता र आँट निर्माण गरी पुरानो नेतृत्व लाई हस्तक्षप गर्न ढिलाइ गर्नु हुँदैन।