‘कति मीठो...’ म्युजिक भिडियोमा वर्षा सिवाकोटी
काठमाडौं- गायिका खुसी थुलुङको ‘कति मीठो’ गीतको भिडियो सार्वजनिक भएको छ।
पूर्वेली लोकलयमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अभिनय गरेका छन्।
गायिका खुसीले आफ्नै अफिसियल युट्युब च्यानल ‘खुसी थुलुङ’मार्फत भिडियो सार्वजनिक गरेकी हुन्। युवराज वाइबाले निर्देशन गरेको गीतमा डिपी खनालको शब्दरचना छ।
गीतमा विक्रम राईको संगीत छ। निसल पौडेलले छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र रुकमान तेह्रथुमे ढाका बुटिकको पहिरनमा खुलेका छन्।