गीतकार ढुंगाना अस्पताल भर्ना
(काठमाडौं) गीतकार सहदेव ढुंगाना अस्पताल भर्ना भएका छन्। कोरोना भाइरस (कोभिड- १९) संक्रमण भएपछि ढुंगानालाई अस्पताल भर्ना गरिएको हो। गत साताबाट बिरामी भएका ढुंगानालाई मंगलबार ओम अस्पताल भर्ना गरिएको हो । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ ।
उनले रातो टीका निधारमा टलक्क टल्कियो, हाम्लाई पनि मायाले हेर पार्वती, कोइली करायो, छुन्छन् तिमीलाई चञ्चल हावालगायत दर्जनौं गीतहरू लेखेका छन् ।