उच्च अदालत पाटनको अन्तरिम आदेश : भिटेनलाई पक्राउ नगर्नू
उच्च अदालत पाटनले र्याप गायक भिटेन भनेर चिनिने समिर घिसिङलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न आदेश गरेको हो।
प्रहरीले आफूलाई पक्रिन लागेको भन्दै त्यसलाई अन्तरिम आदेशले रोक्न माग गर्दै भिटेन उच्च अदालत पाटन पुगेका थिए।
उनको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रहरीका नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो।