राजस्थान बाहिरियो
कोलकता नाइटराइडर्सले आइपिएल २०२० को प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ।
आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्दै कोलकताले अन्तिम चारमा रहने सम्भावना कायमै राखेको हो। शनिबार दुबईमा भएको अन्तिम खेलमा जित हात पारेसँगै कोलकता १४ अंक जोडेर चौथो स्थानमा पुग्यो। राजस्थानले भने १२ अंकसहित पुछारमा रहेर सिजन अन्त्य गर्न बाध्य भयो।
अन्तिम खेलअघि शीर्ष स्थानको मुम्बईले १८ अंक जोडेर शीर्ष दुईमा रहने पक्का गरिसकेको छ।
अब दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेंग्लोर (१४ अंक), तेस्रो स्थानको दिल्ली क्यापिटल्स (१४ अंक), चौथो स्थानको कोलकता (१४ अंक) र पाँचौ स्थानको सनराइजर्स हैदरावाद (१२ अंक) मध्ये तीन टिम प्लेअफमा पुग्नेछन्।
कोलकताबाहेक अन्य टिमले अन्तिम खेल खेल्न बाँकी छ। सोमबार दिल्ली र बेंग्लोरबीच खेल हुनेछ। मंगलबार लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदरावाद भिड्नेछन्।