वैशाखमा राेकिएकाे कक्षा १२ को परीक्षा को पहिलो दिन सम्पन्न
काेराेना भाइरस (कोभिड–१९ं) महामारी र लकडाउनका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ। परीक्षामा देशभरबाट ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी भएका थिए ।
परीक्षा समय बढीमा साढे १ घण्टाको भएको जनाइएकाे छ । देशभरका ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र राखिएकाे छ भने भाैतिक दूरी कायम गरेर पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बाेर्डले जनाएकाे छ ।
यसअघि शिक्षामन्त्री गिरिराज पाेखरेलले विद्यार्थीहरूलाइ ढुक्क भएर परीक्षा दिन अनुराेध गर्नुभएकाे थियाे । काेराेना संक्रमण हुन नदिन प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने र परीक्षामा सामेल हुने विद्यार्थीको ज्वरो अनिवार्यरुपमा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएकाे उहाँकाे भनाइ थियाे ।
राजधानी काठमाण्डौको आकाश दिप कलेजको प्राचार्य मदन सुबेदीका अनुसार आकाश दिप कलेजमा पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशन अनुसार पहिलो दिनको परिक्षा सम्पन्न भएको बताउनु भएको छ । विद्यार्थीहरुलाई मास्क, सेनिटाइजरको प्रयोग, ज्वरो मापन गरेर उनीहरुलाई साबुन पानीले हात धुन लगाई परिक्षा हलमा प्रवेश गराईएको पनी बताउनु भएको छ । प्राचार्य सुबेदीले कलेजमा १ जना डाक्टर र नर्सको पनि व्यवस्था गरेको जानकारी गराउनु भएको छ । परिक्षामा सत प्रतिशत विद्यार्थीको उपस्थित भएको पनि बताउनु भएको छ ।

यस्तै राजधानी काठमाण्डौको टुसाल स्थित कुमारी मल्टिपल कलेज प्रमुख यसोदा निरौलाका अनुसार कुमारी कलेजमा पनि १०० प्रतिशत विद्यार्थीको उपस्थिती थियो । राष्ट्रिय परीक्षा बोर्डको निर्देशन बमोजीम हरेक कक्षामा २० जना विद्यार्थी र एउटा डेस्क- बेन्चमा एउटा विद्यार्थी राखेर परिक्षा सम्पन्न भएको बताउनु भएको छ । कलेजमा कोही विद्यार्थीलाई कोभिड नभएको र विद्यार्थी लगायत सम्पूर्ण कर्मचारीहरुले भौतिक दुरी, मास्क र सेनिटाइजरको प्रयोग गरेको बताउनु भएको छ ।
परीक्षाका क्रममा एउटा कोठामा २ मिटरको दूरी कायम गरी बढीमा २० जनासम्म मात्र राख्न पाइने व्यवस्था बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । उहाँ अनुसार घर पायक पर्ने र आफू अध्ययन गरेकै स्कुलमा परीक्षार्थीका लागि परीक्षा केन्द्र ताेकिएकाे छ । साथै त्यसरी घरपायक फरक जिल्लाबाट पनि परीक्षा दिन सकिनेछ । यसरी फरक जिल्लाबाट दिने विद्यार्थीको संख्या करिब १३ हजार रहेको छ । स्थानीय सरकारहरूको सहयोगमा परीक्षा व्यवस्थापन गरिएको उहाँकाे भनाइ छ ।
केन्द्राध्यक्ष र निरीक्षकले समेत अनिवार्यरुपमा ज्वरो परीक्षण गरी मास्क लगाउनुपर्ने र परीक्षा शुरु भएपछि अन्यलाई प्रवेश नदिने व्यवस्था समेत गरिएको छ । प्रश्नपत्र हेर्न सबै केन्द्रलाई छुट्टै कोडको व्यवस्था गरेको बाेर्डले जनाएकाे छ ।
पहिलो दिनको परिक्ष उत्साहजनक र सामान्य ढगँले सम्पन्न भएको छ ।