आफूलाई नपक्रन आदेश माग्दै भिटेन अदालत पुगे
आफूलाई प्रहरीले पक्राउ गर्न लागेकोले त्यसलाई रोकी पाऊँ भन्दै र्यापर गायक भिटेन भनेर चिनिने समिर घिसिङ उच्च अदालत पाटन पुगेका छन्।
पाटन उच्च अदालतका प्रवक्ता शम्भुप्रसाद रेग्मीका अनुसार आफूलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिन भिटेनले माग गरेका छन्।
'उहाँ पक्राउ नगर्न अन्तरिम आदेश दिनु भन्ने माग गर्दै निवेदन लिएर यहाँ आउनु भएको छ। उहाँको निवेदन प्रक्रियामा छ अरू विस्तृतमा एकछिनपछि भनौंला,' उनले भने।
उनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले गएको बिहीबार साइबर ब्युरोलाई चिठी लेखेको थियो।