इरफानको अन्तिम विदाइ २० जनाको उपस्थितिमा गरियो
बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छन्।
बुधबार दिउँसो मुम्बईको भरशोभा कब्रस्तानमा खानको शव गाडिएको हो।
परिवार, नजिकका आफन्त र साथीहरू बीच उनको अन्त्येष्टि गरिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्तिम विदाइमा बीस जनालाई मात्रै प्रवेश गर्न दिइएको थियो।
मंगलबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका उनको बुधबार निधन भएको हो।
खानको कोलोन इन्फेक्सनका कारण निधन भएको बताइएको छ। सन् २०१८मा उनलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।