कक्षा १ देखि ९ को परीक्षा चैत ५ गतेभित्र सकाउन मन्त्रालयको अनुरोध
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले कक्षा १ देखि ९ को परीक्षा चैत पाँच गतेसम्म सकाउन अनुरोध गरेको छ।
आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण र सन्त्रास बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १ देखि ९ को वार्षिक परीक्षा चैत ५ गतेभित्र सकाउन भनेको हो।
साथै विद्यालयमा सभा, समारोह, वार्षिकोत्वस लगायतका कार्यक्रम आयोजना नगराउन मन्त्रालयले आग्रह गरेको छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरसको जोखिममा राखेको छ। वृद्धवृद्धा र बालबालिकामा कोरोनाभाइरसको जोखिम उच्च हुने गरेको छ।