नेपालले ओमनलाई दियो २५० रनको लक्ष्य
(काठमाडौं) आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले २४९ रन बनाएको हो। नेपालको तर्फबाट कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए।
त्यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८ र सुवाश खकुरेलले २२ रन बनाए।