बूढानिलकण्ठ कार दुर्घटना : गल्ती स्वीकार्दै परमिता राणाले माफी मागिन्
(काठमाडौँ) गत मङ्सिर २८ गते बूढानिल्कण्ड नगरपालिका–५ बसपार्क नजिकै भएको कार दूर्घटनाबारे नायिका तथा मोडल परमिता राणाले मुख खोलेकी छिन् । मादक पदार्थ सेवन गरेर चार जना सवार कारले सडकको पेटीमा हिँडिरहेकी गोरखा घर भएकी लिला देवकोटाको मृत्यु भएको थियो ।
दुर्घटनाको समयमा चार जना यात्रु रहेको बताइएको थियो । जसमा चालक पृथ्वी मल्ल, यात्रुहरुमा करिश मास्के र एलिना थापाको नाम प्रहरीले खुलाएको थियो । चौथो यात्रु को थिए भन्ने बारे चाहिँ प्रहरी आधिकारिक रुपमा मौन थियो । समाजिक सञ्जालमा भने चौथो यात्रु परमिता राणा नै रहेको चर्चा परिचर्चा भइरहेको थियो ।