दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिन्छु- एन्फा कास्कीका अध्यक्ष
(पोखरा) अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध उजुरी दिने भएका छन् ।
मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट गरेका थिए ।
त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरी गुरुङले प्रदेशसभा सदस्य मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने बताए ।