प्रियंका र आयुष्मान वैवाहिक जीवनमा बाँधिदै
(काठमाडौं) अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीकाे विवाहको मिति तय भएको छ ।
कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । केही दिन अगाडि प्रियंकाले ब्याचलर पार्टी थाइल्यान्डमा मनाएकी थिइन् ।
इंगेजमेन्ट गरेको दुई वर्ष पछि उनीहरूको विवाहको मिति तोकिएको छ ।