नेपालको सेल्फी सेलिब्रेसन
(काठमाडौं) १३औं सागको पुरुष फुटबलको फाइनलमा भुटानविरुद्ध दोस्रो गोल गरेसँगै नेपाली फुटबलरहरूले सेल्फी खिचेर खुशियाली मनाएका छन् ।
दर्शकले दिएको मोवाइल लिँदै खेलाडी बिक्रम लामाले गोलकर्ता सुनील बललाई बीचमा राखेर सेल्फी खिचेका हुन् । गोलकर्ता सुनील बलले जर्सी फुकालेर गोलको खुशियाली मनाएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।