दीपक हमालले उसुमा स्वर्ण जिते
(काठमाडौं) १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् ।
उनले १९.३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्याएको छ ।
अहिले १३ औं साग प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू जारी छन् ।