माल्दिभ्समाथि नेपाल विजयी
(काठमाडौं) १३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको छ । १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा जम्मा ७९ रनमात्र बनाउन सक्यो ।
माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७, इब्राहिम हसनले नटआउट १२, मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे । बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र सुशन भारीले २/२ विकेट र पवन सर्राफले १ विकेट लिए ।