नेपाल भूटानविरुद्ध १४१ रनले विजयी
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टि–२० पुरुष क्रिकेटमा नेपालले भूटानलाई १४१ रनले पराजित गरेको छ।
पुरै ओभर ब्याटिङ गरेको भूटान ९५ रनमा समेटियो। टस हारेर व्याटिङको निम्तो पाएको नेपालले भूटानलाई २३७ रनको लक्ष्य दिएको थियो। तर, २० ओभर पुरै ब्याटिङ गर्दा ६ विकेट गुमाएर भूटानले ९५ रन मात्रै बनायो।
खेलमा भूटानका रन्जुङ मोकी दोर्जीले सर्वाधिक २७ रन बनाए। अन्य व्यास्ट्म्यानले पनि गतिलो प्रर्दशन गर्न सकेनन्।
बलिङतर्फ नेपालका पारस खड्काले २ विकेट लिए। त्यस्तै पवन शराफ, ललित राजवंशी र करण केसीले एकएक विकेट लिए।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेको नेपालले ब्याटिङको निम्तो पाएको थिएको थियो। खेलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेले उनले ५५ बलमा १०७ रन बनाए। मल्लले ५ चौका र ९ छक्काको मद्दतले उक्त स्कोर बनाएका हुन्। त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि अर्धशतक बनाएका छन्। उनले २८ बलमा ५७ रन बनाएका हुन्। उनले ९ चौका र १ छक्का प्रहार गरे। यता दीपेन्द्र सिंह ऐरी २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा नट आउट रहे।
प्रतियोगितामा टेस्ट मान्यता प्राप्त देश बंगलादेश र श्रीलंकाका २३ वर्ष उमेर समूहका खेलाडी सहभागी छन्। त्यस्तै नेपाल माल्दिभ्स र भूटानका राष्ट्रिय टिम सहभागी भएका छन्। मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू–२३ संग ६ विकेटले पराजित भएको थियो। जितसंगै नेपाल तालिको तेस्रो स्थानमा उक्लिएको छ।
दुई खेल जितेको श्रीलंका चार अंक सहित पहिलो स्थानमा छ। दोस्रो स्थानमा भने दुई अंकसहित बंगलादेश रहको छ। लिग राउण्ड रोविनको आधारमा शीर्ष दुई टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन्।