शुक्रबार १९ प्रतिस्पर्धा हुँदैं, जनकपूरमा कुस्तीबाट प्रतियोगिता सुरु
(काठमाडौं) १३ औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन शुक्रबार १९ खेलमा प्रतिस्पर्धा हुँदैछ।
आजबाट जनकपुरमा पनि खेल सुरु हुँदै छ। जनकपुरमा कुस्ती प्रतियोगिता हुने छ। ललितपूरमा बक्सिङ र स्क्वास हुनेछ।
त्यस्तै पोखरा र काठमाडौंमा पनि आज खेल हुने छ। काठमाडौंमा फेन्सीङ, क्रिकेट, गल्फ, कबड्डी,एथ्लेटिक्स, बास्केटबल, साइक्लिङ, पौडी, टेबलटेनिस, सुटिङ, स्क्वास र लङटेनिसका खेलहरु हुनेछ।
यता पोखरामा ब्याडमिन्टन, ह्यान्डबल, बिचभलिबल, आर्चरी, क्रिकेट र भारोत्तोलनका खेलहरु हुनेछन्।