गल्फमा सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण
(काठमाडौं) गल्फर सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण जितेका छन् ।
उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।
१७ वर्षका सुवासले सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् ।
महिला टिमतर्फ पनि नेपालले कास्य जित्ने सम्भावना छ ।