प्रदेश २ मा नक्कली चुरोटको विगविगी
(धनुषा) भारतसँग सीमा जोडिएका प्रदेश २ का जिल्लाहरुमा सूर्य नेपालका ध्रुमपानजन्य सामाग्रीका नाममा नक्कली उत्पादनको विगविगी बढेको छ ।
धनुषा सहित महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीमा सूर्य नेपालले उत्पादन गर्दै आएको धुमपानजन्य पदार्थहरु नक्कली बनाएर विक्रि गर्ने गरेको पाइएको छ । यस्ता सामाग्रीहरु भारतमा बन्ने र सीमाबाट सहजै नेपाल भित्रिने गरेको सूर्यनेपाल प्रालिले बताएको छ । सूर्य नेपाल प्रालिका प्रदेश २ बजार प्रमुख प्रकाश भण्डारीले एक महिनामा कम्तीमा पनि ५ करोड़ रुपैयाँ सूर्य नेपाल प्रालिलाई र राज्यलाई झन्डै ३ करोड़ रुपैयाँ घाटा हुने गरेको जानकारी दिनुभयो ।
यसमा नेपाल र भारतका बिचौलियाहरु सक्रिय बनेका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बल र नेपाल प्रहरीले समेत ध्यान नदिएको सूर्य नेपाल प्रालिको गुनासो रहेको छ ।